काठमाडौं– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फको फेन्सिङ प्रतियोगिता (फोयल)मा नेपाली सेनाकी रमा सिंहले स्वर्ण पदक हात पारेकी छन्। सिंहले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौंमा रजत पदक जितेकी थिइन्।
सिंहले सेमिफाइनलमा एपीएफकी मन्दिरा थापालाई १५.१३ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्। एपीएफकी मन्दिरा थापा एसिएन खेलका लागि यस अघि नै क्लोज क्याम्पमा बस्दै आएकी छन्।
फाइनलमा सिंहले एपीएफकै मनिसा थापालाई १५.१४ ले जितेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।