पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ। पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्णपदक आफ्नो पोल्टामा पारेको छ।
११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते। आर्मीकै रामप्रसाद थारुले १९ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक जिते।
१०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन्। उनले १ सय मिटर दूरी १५.६९ सेकेन्डमा पूरा गरिन्। रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पूरा गर्दै हात पारिन्। एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन्।
३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते। उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दूरी पार गरे।
अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। कास्य पदक त्रिभुवन आर्मीका सुवाश कार्कीले प्राप्त गरे। उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।