काठमाडौं– भारतीय कांग्रेस पार्टीको अध्यक्षका लागि सोमबार निर्वाचन हुँदैछ। कांग्रेसको अगामी अध्यक्ष को होला? भन्ने लामो समयसम्म सोधिँदै आएको प्रश्नको जवाफ अब प्रष्ट तस्बिरमा देखिने छ।
जे भएपछि यसपटकको निर्वाचनले भारतीय कांग्रेसलाई गान्धी परिवारबाट बाहिर निकाल्नेछ। अध्यक्ष पदको प्रतिस्पर्धामा दुई उम्मेदवार रहेका छन्।
शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्षको दावेदार रहेका छन्। भारतभरी ४० केन्द्रमा ६८ वूथबाट अध्यक्षका लागि मतदान हुने छ। करिब ९८०० मतदाताले शशि थरुर र मल्लिकार्जुन खड्गेमध्ये एकलाई छान्नेछन्।
मतदान बिहान १० वजेदेखि ४ बजेसम्म हुने छ। निर्वाचनको नतिजा बुधबार १९ अक्टुबरमा दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा घोषणा हुने छ।
यो चुनावले पछिल्लो २२ वर्षामा पहिलोपटक अध्यक्ष पदका लागि चुनावमा मतदान गर्नुपर्ने भएको छ। यसभन्दा अघि १९९८ मा सीताराम केसरीलाई अध्यक्ष पदबाट हटाएर सोनिया गान्धीलाई अध्यक्ष बनाइएको थियो।
सोनियापछि राहुल गान्धीलाई बिनाचुनाव अध्यक्ष बनाइएको थियो। पछिल्लो निर्वाचनहरुमा कांग्रेसको अवस्था सुधार नभएपछि गान्धीले पदबाट राजीनामा दिएका थिए।
सीताराम केसरीपछि पहिलोपटक गान्धी–नेहरु परिवार बाहिर कोही व्यक्ति पार्टी अध्यक्ष हुन गइरहेको छ। यो निर्वाचनमा देश दौडाहाको ‘भारत जोडो’ यात्रामा रहेका राहुल गान्धीसहितलाई लक्षित गरि एक मतदान केन्द्र पनि स्थापना गरिएको छ।
निर्वाचन अघि मिल्लकार्जुन खड्गे र शशि थरुरले देशभर आफ्नो प्रचार अभियान चलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।