बुटवल– गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन्।
आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको जानकारी दिए।
उनले यी राजनीतिक दलहरूलाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानुन संशोधन गर्नुपर्ने भएमा कानुन संशोधनको प्रक्रिया पनि अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताए।
यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका आफ्ना कार्यकर्ता बिनाशर्त रिहा गर्न, आफूहरूसँग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।