बुटवल– नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुलालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा विचार नभएर गाली गलौज मात्र भएको बताएका छन्। भुसालले ओलीले गाली गरेरै आफूलाई महान ठान्ने गरेको टिप्पणी गरे।
रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसालले आइतबार रोहिणीमा सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन्।
‘कमरेड ओलीसँग सिद्धान्त र विचार केही छैन। मैले यो कुरा ९औं महाधिवेशनदेखि भन्दै आएको हुँ। केवल मनमौजी, सत्ताभोगको कुरा, सत्तामा जाने कुरा, सत्तामा जाँदा भोग गर्ने कुरा, सत्ताबाट निक्लिएपछिको छट्पटी ओलीमा रहेको छ’, भुसालले भने।
भुसालले ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न नपाएपछि निन्दा, भत्सर्ना र गाली गरेरै बस्ने गरेको आरोप लगाए। ‘नेपाली राजनीतिमा सबैभन्दा धेरै गाली गर्ने नेता को हो भनेर बालबालिकालाई पढाउनु पर्यो भने सबैभन्दा पहिले ओलीकै नाम आउनेछ’, भुसालले भने।
भुसालले केही नबुझ्ने व्यक्तिले मात्र आफूलाई टिकट नपाएका कारण पार्टी परित्याग गरेको भन्ने आरोप लाउने तर, बुझ्ने व्यक्तिले आफूले कुन परिस्थितिबाट गुज्रिएर पार्टी परित्याग गरेँ भन्ने बुझेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।