पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीमा प्रदेश १ र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
आर्मीले सुदूरपश्चिम प्रदेशलाई र प्रदेश १ ले लुम्बिनी प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्।
पोखरामा आइतबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनलमा ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
यसअघि शनिबार भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा पक्का गरेको हो।
सोमबार प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि लगातार दुई खेल जितेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।