पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन्।
पोखरा रंगशालामा आइतबार भएको खेलमा सूर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन्।
बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे।
फिल्ड इभेन्ट हाइजम्पको महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन्। उनले फाइनल खेलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै स्वर्ण जितेकी हुन्।
१ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै बिन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन्। श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।