पोखरा– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ।
पोखरा रंगशालाको ट्रयाकमा आइतबार बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।
जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।
महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने, एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दूरी पार गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।