काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्यमोहन जोशीको निधनले नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ गुमाएको टिप्पणी गरेका छन्।
जोशीको निधनमा शोक विज्ञप्ति जारी गर्दै दाहालले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उनको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताएका छन्।
१०३ वर्षको उमेरमा पनि उनको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने दाहालको टिप्पणी छ।
नेपाल सरकार र नेपाली जनताले उनको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले आफूले विश्ववास लिएको भन्दै उनले जोशीको निधन भएको खबरले स्तब्ध बनाएको उल्लेख गरे।
‘उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, दाहालको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।