रुपन्देही– जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका भरथरी यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्।
आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवलाई पार्टी प्रवेश गराएका हुन्।
शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोधनमा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।