काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री देउवाले जोशीको निधनको खबरले दुखित तुल्याएको बताएका छन्।
साथै उनले नेपाली संस्कृतिको क्षेत्रमा जोशीले गरेको योगदान राज्यले सधैं सम्झिरहने बताएका छन्।
प्रधानमन्त्री देउवाले भनेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।