पोखरा- नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन्। पोखरा-१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश १ का युवराज भुजेलले कास्य पदक जिते।
समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो। समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो। यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो।
पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ।
महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश १ की सुष्मा सिग्देलले कास्य पदक जितिन्। महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।