दाङ– सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्।
निर्वाचन आयोगले आचारसंहिता जारीगरेपछि उनले चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले मन्त्री चौधरीले शुक्रबार सरकारी गाडी फिर्ता गरेका हुन्।
उनले लु ३ च ३१४ नम्बरको स्कर्पियो जीप प्रयोग गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।