पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा भएको महिला सटपुट इभेन्टमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन्।
सो इभेन्टमा उनले १२ दशमलव ४० मिटरको दूरी पार गर्दै स्वर्ण जितेकी हुन्।
त्यसैगरी, लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन्। उनले १० दशमलव ८३ मिटरको दूरी पार गर्दै रजत पदक जितेकी हुन्।
नेपाल पुलिस क्लबकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दूरी पार गर्दै कांस्य पदक जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।