काठमाडौं– प्रेस काउन्सिल नेपालले पत्रकारहरुलाई निर्वाचनको बेला कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा नलाग्न अपिल गरेको छ।
काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार प्रस्तुतिको र समाजिक सञ्जालको प्रयोगमा समेत कसैको पक्ष वा विपक्ष तथा कसैको मत मागेको तथा कसैको दुश्प्रचार गर्ने गरि प्रस्तुत नहुन अपिल गरेको छ।
निर्वाचन आचारसंहितको काउन्सिलले सुक्ष्म निगरानी गरिरहेको भन्दै सञ्चारजगत तथा पत्रकारहरुलाई सचेत भएर काम गर्न भनिएको छ।
साथै, काउन्सिलले कुनै पनि सम्प्रेषित समाचारमा कसैको चित नबुझेमा काउन्सिलमा उजुरी गर्न सकिने भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।