काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समपूर्ण आर्थिक क्षेत्र संकटमा रहेको बेला बैंकहरूले फाइदा उठाएको आरोप लगाएका छन्।
गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम)ले व्यवसायी समस्यामा परेको बताए। शुक्रबार एशोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको आएको टिप्पणी पनि गरे। अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए।
नेपालको उद्योग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको समेत उनले जानकारी दिए। गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।