काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेशले सूचना, सञ्चार र प्रचारप्रसार विभाग प्रमुखमा नितेश कुमार गुप्तालाई जिम्मेवारी दिएको छ।
कांग्रेस मधेस प्रदेशका माहामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उमेदवारलाई विजय गराउन तथा संगठनलाई बलियो बनाउन गुप्तालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको बताए।
अब कांग्रेसलाई मधेससँगै देशव्यापी रूपमा विजयी बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार हुने गुप्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।