पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा नेपाल आर्मी च्याम्पियन बनेको छ। आर्मीले फेन्सिङतर्फ सर्वाधिक १६ पदक जित्दै च्याम्पियन बनेको हो।
आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कांस्य जितेको छ। बागमती प्रदेशले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित ८ पदक, एपीएफ क्लबले २ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १३ पदक जितेको छ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ कांस्ययसहित ३ पदक जित्दा गण्डकी ४ कांस्य पदकसहित पाँचौं र प्रदेश १ तीन कांस्यसहित छैटौँ स्थानमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।