काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री बर्खास्त गरेको भोलिपल्ट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषदका कांग्रेसका तीन मन्त्री बर्खास्त गरेका छन्।
मधेश प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्री थिए। भौतिक योजना मन्त्री रामसरोज यादव, महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह र खानेपानी मन्त्री ओमप्रकाश शर्मालाई शुक्रबार मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री राउतले यी तीन कांग्रेसका मन्त्रीहरु बर्खास्त गर्न प्रदेश प्रमुख समक्ष सिफरिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
जसपा नेपाल फुटेर महन्थ ठाकुर पक्षले लोसपा गठन गर्दा जसपाले कांग्रेससहित माओवादी र नेकपा एसको समर्थनमा मधेश प्रदेशमा बहुमत जुटाएका थिए।
बर्खास्त गरिएका तीनै मन्त्रीले सम्हाल्दै आएका मन्त्रालयहरु तत्कालका लागि मुख्यमन्त्री सँगै रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।