काठमाडौं- उम्मेदवारी खारेजी विरुद्ध एकीकृत समाजवादीका नेता राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ सरेको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको पेसी निवेदक आफैंले स्थगितका लागि निवेदन दिएपछि सुनुवाइ सरेको हो।
रुपेन्दही- २ मा मुख्य निर्वाचन कार्यालयले खारेज गरेको उम्मेदवारी विरुद्ध एकीकृत समाजवादीका उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उनी विरुद्ध बैंकिङ कसुरमा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन कार्यालयले खारेज गरेको थियो।
उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल चुनावी मैदानमा छन्। शुक्रबार स्थगित भएपछि अर्को पेसी आइतबारका लागि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।