• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, असार ७, २०८२ Sat, Jun 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
उम्मेदवारी दर्ता गरेपछि फैसलाका लागि पेसीमा चढ्यो भ्रष्टाचार मुद्दा!
64x64
नेपाल लाइभ शुक्रबार, असोज २८, २०७९  १२:०८
1140x725

काठमाडौं– नेपाली कांग्रेस मनाङका जिल्ला सभापति टेकबहादुर गुरुङ असोज २३ गते प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउन पुगे। जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मंसिर ४ गते हुने निर्वाचनमा लागि उम्मेदवारी दर्ता गराए।

एक मात्र प्रतिनिधि सभाको क्षेत्र रहेको मनाङमा उनीसहित नेकपा एमालेबाट पोल्दन छेवाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुख्य गुरुङले उम्मेदवारी दिए। प्रदेशबाट सबैको साझा उम्मेदवार भएका दीपक मनाङेविरुद्ध अन्य उम्मेदवार मैदानमा नभएपछि उनी निर्विरोध निर्वाचित भए।

चारवटा गाउँपालिका र करिब ६ हजार मतदाता रहेको उक्त जिल्लामा गुरुङ २०७४ सालमा पनि उम्मेदवार भएका थिए। उक्त निर्वाचनमा गुरुङ पराजित भए भने गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पाल्देन मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। 

उनले ९०८ मत पाएका थिए भने टेकबहादुरले ६५९ मत पाएका छन्। २४९ मतले भएको हार यसपटक उल्ट्याउने अठोटका साथ गुरुङ मनाङमा उम्मेदवारी दर्ताका लागि पुगेका थिए। 

चारवटा गाउँपालिकामध्ये वैशाख ३० गते भएको  स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दुई वटामा जित पारेको छ भने एमालेले २ वटा जितेको छ। उम्मेदवारी दर्ता गरेर निर्वाचनको तयारीमा पनि लागे।

जसरी पनि यसपटक जितेर मनाङको विरासत फर्काउने उद्देश्यले दीपक मनाङेलाई पनि कांग्रेसका तर्फबाट सर्मथन गरेका उनलाई निर्वाचनमा केन्द्रित हुन नपाउँदै अर्को तनाव आइलाग्यो। विशेष अदालतमा २०७५ सालदेखि विचाराधीन भ्रष्टाचार मुद्दा असोज २६ गते पेसीमा चढ्यो। 

विशेष अदालतमा फैसलाको मुखमा रहेको मुद्दा पेसी चढेपछि गुरुङलाई मंसिर ४ को निर्वाचनमा भाग लिन नपाइने हो कि भन्ने तनाव आइलाग्यो। विशेष अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेमा र उजुरी परेमा आफ्नो उम्मेदवारीसमेत रद्द हुने भएपछि उनी यसलाई कसरी रोक्ने भन्ने तनावमा परे।

२०७५ माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपको जग्गा भाडा विवादमा पूर्वमन्त्री रहेका गुरुङसमेतलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हतार–हतार उनले आफ्नो कानुन व्यवसायीमार्फत् उक्त मुद्दा सार्न निवेदन दिए।

Ncell 2
Ncell 2

विशेष सरकारी वकिलको कार्यालयले पनि आफ्नो बहस गर्ने सरकारी वकिल निर्वाचनमा खटिएकाले पेसी सार्न निवेदन दियो‍। गुरुङसहित पक्षका कानुन व्यवसायीले पनि निवेदन दिएपछि अदालतले उक्त मुद्दाको सुनुवाइ स्थगित गरेको थियो। 

गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा दायर गरेको मुद्दामा अख्तियारले ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद माग गरेको थियो।

अख्तियारले समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रवीन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक गुरुङ, प्रमुख सञ्चालक रवीन्द्र गुरुङ, परिषद्का तत्कालीन कोषाध्यक्ष रन्न  गाहामगर, तत्कानीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाएको थियो।

समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा दाबी गरिएको थियो।  उनीमाथि ३१ करोड बिगो दाबी गरिएको थियो। विशेष अदालतबाट २०७५ चैत्रमा उनी साधारण तारखेमा छुटेका थिए। 

उनीविरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर भएको छ। भ्रष्टाचार मुद्दा विचाराधीन हुँदाहुँदै फेरि जनप्रतिनिधि हुन खोजेकोले उम्मेदवार हुनबाट रोक लगाउन माग गरिएको छ।  उक्त मुद्दा हालसम्म १९ पटक पेसी चढेको छ। ४ वर्षको अवधिमा विशेषले २ पटक कागज मगाउने र एक पटक बहस नोट पेस गर्न आदेश गरेको छ। मुद्दा फैसलाका लागि सबै अङ्ग पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
टी–२० सिरिज: अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित शुक्रबार, असार ६, २०८२
नेपाल एयरलायन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश शुक्रबार, असार ६, २०८२
टी–२० सिरिज: नेपालले पायो १९४ रनको विशाल लक्ष्य शुक्रबार, असार ६, २०८२
सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह शुक्रबार, असार ६, २०८२
टस जितेको स्कटल्यान्डले ब्याटिङ रोज्यो, नेपालको प्लेइङ–११ मा एक परिवर्तन शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला
दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिँड्दैन : महेश बर्तौला शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक शुक्रबार, असार ६, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्