काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार (आज) दिउँसो बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठकमा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।