काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभातर्फ १६५ क्षेत्रका मतपत्र र प्रदेश सभातर्फ ३३० किसिमका मतपत्र छाप्न सुरु गरेको छ।
आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै मतपत्र छपाइको काम सुरु भएको जनाएको हो।
‘उम्मदेवारको मात्र निर्वाचन चिह्न रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि सुरु गरिएको छ। यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने छन्,’ आयोगले आफ्नो विज्ञप्तिमा बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।