काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव कम गर्नको लागि ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ।
राष्ट्र बैंकले असोज २७ गतेदेखि कात्तिक ३ गते (सात दिन अवधिको) सम्मको लागि रिपो जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाले यसमा आज (असोज २७ गते) बोलकबोल गर्न सक्ने छन्।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।