काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
आयोगमा बुधबार साँझसम्म प्रविष्ट भएको तथ्याङ अनुसार प्रतिनिधि सभाका ११९ जना र प्रदेश सभातर्फका २५७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगको पछिल्लो तथ्याङ अनुसार प्रतिनिधि सभामा अब कुल २ हजार ४१२ उम्मेदवार रहेका छन् जसमा पुरुष उम्मेदवारको संख्या २ हजार १८७ र महिला उम्मेदवारको संख्या २२५ रहेको छ।
त्यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार २२४ उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष उम्मेदवार र २८० महिला उम्मेदवार रहेको आयोगले बताएको छ।
(पूर्ण सूची)
प्रतिनिधि सभा तर्फका उम्मेदवार
प्रदेश सभा तर्फका उम्मेदवार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।