काठमाडौं- एकीकृत समाजवादीका २२ जना बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाका गरी २२ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।
पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई सत्ता-गठबन्धनले मंगलबार उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो।
गठबन्धनको निर्देशनपछि प्रतिनिधि सभाका ४ जना र प्रदेश सभातर्फ १८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।