धनगढी- रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि बर्दिया- २ बाट नागरिक उन्मुक्ति पार्टीले उनका बुबालाई समर्थन गर्ने बनाउने भएको छ। मनोनयन दर्ता गर्दा नै रेशमलाई पार्टीबाट र उनका बुबा लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाइएको थियो।
रेशम चौधरीले निर्वाचनमा भाग लिन नपाउने भएपछि उनका बुबालाई पार्टीले समर्थन गर्ने नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।
अघिल्लो पटक कैलाली- १ बाट प्रतिनिधि सभामा जसपाबाट रेशम चौधरी उम्मेदवार बन्दा उनका बुबा नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए। प्रतिनिधि सभामा रेशमले भारी मतले जित्दा बुबा भने जसपाकै कृष्ण चौधरीसँग पराजित भएका थिए।
अहिले कैलाली- १ बाट प्रतिनिधि सभामा रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन्। उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।