काठमाडौं- निर्वाचन आयोगले मनोनयनपत्रको जाँचबुझ गर्ने समय-सीमाभित्र जरिवाना रकम बुझाएको निस्सा पेस गरेमा त्यस्ता व्यक्तिको मनोनयन कायम हुने जनाएको छ। आयोगले सूचना जारी गर्दै यस्तो जनाएको हो।
‘मङ्सिर ४ गते हुने निर्वाचनको लागि मनोनयनपत्र दर्ता गरेका र निर्वाचन कार्यक्रममा उल्लेखित मनोनयनपत्रको जाँचबुझ गर्ने समय-सीमाभित्र जरिवाना रकम बुझाएको निस्सा पेस गरेमा त्यस्ता व्यक्तिको मनोनयन कायम गर्न सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ,’ आयोगको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।