वीरगञ्ज- २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट शिखरबेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।