• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

राष्ट्रिय पार्टी नै महिलाप्रति अनुदार, प्रतिनिधि सभामा न्यून उम्मेदवारी

64x64
धनु विश्वकर्मा सोमबार, असोज २४, २०७९  २१:०८
1140x725

काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय दल नै महिलाप्रति अनुदार देखिएका छन्।

संसदमा पटक-पटक ३३ प्रतिशत महिला उम्मेदवार पठाउने विषयमा छलफल भए पनि कुनै पनि दलले महिलालाई प्राथमिकता दिएको देखिँदैन।

नेकपा एमालेबाट ११,  माओवादी केन्द्रबाट ७, नेपाली कांग्रेसबाट ५, एकीकृत समाजवादीबाट १ र जनमोर्चाबाट १ जना मात्र महिलाले मनोनयन दर्ता गराएका छन्। 

कुल उम्मेदवारमध्ये एमालेले ७ प्रतिशत, कांग्रेसले ५ प्रतिशत र माओवादीले १५ प्रतिशत महिला उम्मेदवार उठाएका छन्। 

एमालेका ११ महिला उम्मेदवार 
२०७४ को निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले यस पटक ११ जना महिला उम्मेदवार बनेका छन्। एमालेबाट सुनसरी- ३ मा भगवती चौधरी, दाङ- १ मा शान्ता चौधरी र दाङ- ३ मा कोमल वली, स्याङ्जा- २   पद्मा अर्याल, कास्की- २ विद्या भट्टराई,  डोटी गौरी ओली, कञ्चनपुर- ३ निरूदेवी पाल, सुनसरी- ३ भगवती चौधरी, बारा- २ ज्वालाकुमारी शाह, उदयपुर- १ मञ्जु चौधरी र बाग्लुङ- २ बाट मञ्जु शर्मा चालिसेलाई उम्मेवार बनाएको छ। एमालेबाट प्रत्यक्षतर्फ १३९ उम्मेदवारमध्ये ११ जना महिलाको मनोनयन दर्ता भएको छ।

स्याङ्जा- २ बाट उम्मेदवारी दर्ता गराएकी पद्मा अर्याल पूर्व भूमिसुधार मन्त्री हुन्। २०७४ को प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद पद्मा २०६४ मा समानुपातिक सांसद थिइन्।

कास्की- २ मा एमालेबाट टिकट पाएकी विद्या भट्टराई रविन्द्र अधिकारीको निधन भएपछि उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्। 

दाङ- १ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी शान्ता चौधरी २०६४ र २०७४ मा एमालेबाट समानुपातिक सांसद भइसकेकी छन्। उनी अहिले एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोमल ओलीलाई एमालेले दाङ- ३ बाट टिकट दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै एमालेमा प्रवेश गरेकी ओली पूर्व सञ्चारकर्मी हुन्। उनी २०७४ मा राष्ट्रिय सभा सदस्य भसकेकी छन्। 

कञ्चनपुर- ३ बा मनोनयन दर्ता गराएकी निरुदेवी पाल निर्वतमान समानुपातिक सांसद हुन्। उनी कांग्रेसका रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछन्। 

भगवती चौधरी सुनसरी-  ३ बाट उम्मेदवार बनेकी छिन्। उनी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्दैछन्।

मञ्जु चौधरीले उदयपुर- १ बाट प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन्। २०७० सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी चौधरी २०७४ सालमा भने नेपाली कांग्रेसका नारायण खड्कासँग पराजय भएकी थिइन्। उनी अहिले पनि खड्कासँगै प्रतिस्पर्धा गर्दैछिन्।

यसैगरी ज्वाला साहलाई एमालेले यस पटक बारा- ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। २०६४ सालमा माओवादीबाट चुनाव जितेकी साह २०७० को निर्वाचनमा भने पराजित भएकी हुन्। 

जुली महतो धनुषा- ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन्। उनी २०६४ र २०७४ मा दुई पटक समानुपातिकमा परेकी थिइन्। जुली लोसपाका अनिल झासँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। 

बाग्लुङ्ग- २ बाट मनोनयन दर्ता गराएकी मञ्जु शर्मा चालिसे
एमालेकी नयाँ अनुहारका रुपमा रहेकी छन्। 

एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एमालेकी गौरी ओली नेकपा एकीकृत समाजवादीका पूर्व पर्यटन मन्त्री प्रेम आलेसँग चुनावी मैदानमा उत्रिएकी छन्। ओली नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज हुन्। 

कांग्रेसका ५ महिला उम्मेदवार 
नेपाली कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, मोरङ–२ मा सुजाता कोइराला, सिरहा–२ मा चित्रलेखा यादव,  मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’ र अर्घाखाँचीमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले ९१ जनामध्ये ५ जना महिला उम्मेदवार बनाएको छ। 

कांग्रेसले तेह्रथुमबाट सीता गुरुङलाई उम्मेदवार बनाएको छ। उनी यसअघि राज्य मन्त्री भइसकेकी छन्। 

मोरङ- २ बाट मनोनयन दर्ता गराएकी सुजाता कोइराला २०६३ को अन्तरिम व्यवस्थापिकामा सदस्य भएकी थिइन्। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद भएकी उनी हाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।

कांग्रेसले उनलाई मिनेन्द्र रिजालको टिकट खोसेर उम्मेदवार बनाएको हो। सुजाताले एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन्। 

अर्धाखाँचीबाट टिकट पाएकी पुष्पा भुसाल २०६४ मा प्रत्यक्ष र २०७४ मा समानुपातिक सांसद भएकी थिइन्। निवर्तमान उपसभामुख समेत रहेकी पुष्पाले एमालेका पट्ठर्णबहादुर बुढा मगरसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन्। 

२०५६ मा प्रत्यक्ष निर्वाचित भएकी चित्रलेखा यादवलाई कांग्रेसले यस पटक सिरहा- २ बाट टिकट दिएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य यादव २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सिरहाबाट समानुपातिक सभासद् बनेकी थिइन्।

दोस्रो पटक २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य बनेकी यादव हाल शिक्षा तथा स्वास्थ्य समितिकी सदस्य छिन्। 

मकवानपुर- १ बाट कांग्रेसको टिकट पाएकी महालक्ष्मी उपाध्याय 'डिना' २०४८ सालदेखि निर्वाचन लड्दै आएकी छन्। १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्री बनेकी उपाध्याय एमालेको समर्थन रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। 

माओवादीका ७ महिला उम्मेदवार
माओवादी केन्द्रबाट ललितपुर- ३ मा पम्फा भुसाल, काठमाडौं- ९ कल्पना धमला, दाङ- ३ रेखा शर्मा, काठमाडौं- २ ओनसरी घर्ती, जुम्ला गोमा गौतम, कञ्चनपुर- ३ विना मगर र काठमाडौं- ७ मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन्। ४५ जना उम्मेदवारमध्ये माओवादीले ८ जना महिलालाई उम्मेदवार बनाएको हो।

दाङ- ३ बाट उम्मेदवार बनेकी रेखा शर्मा एमालेका महासचिव शंकर पोखरेलसँग भिड्ने भएकी छिन्। रेखा २०७० र २०७४ की समानुपातिक सांसद हुन्। उनी सामान्य प्रशासन मन्त्रीसमेत भइसकेकी छिन्। 

२०६४ र २०७४ की निर्वाचित सांसद पम्फा भुसाल यस पटक पनि ललितपुर- ३ बाटै प्रतिस्पधा गर्दैछिन्। पटक-पटक मन्त्री भइसकेकी भुसाल माओवादी केन्द्रकी उपमहासचिव हुन्। 

माओवादी केन्द्रकी नेतृ कल्पना धमला काठमाडौं- ९ बाट उम्मेदवार बनेकी छिन्। उनकी प्रतिस्पर्धा एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग हुँदैछ। २०६४ मा धादिङ- २ बाट निर्वाचित धमला सत्ता-गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी हुन्। 

माओवादी नेतृ ओनसरी घर्तीले काठमाडौं- ७ बाट मनोनयन दर्ता गराएकी छिन्। पूर्व सभामुख समेत रहेकी ओनसरी २०६४ मा समानुपातिक, २०७० मा रोल्पा- २ बाट प्रत्यक्ष निर्वाचित र २०७४ मा समानुपातिक सांसद भएकी थिइन्। उको प्रतिस्पर्धा एमालेका मणिराम फुँयालसँग हुँदैछ।

गोमा कुँवर जुम्लाबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेकी छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीसँग चुनावी प्रतिस्पर्धामा छिन्। 

मानुषी यमी भटटराईले माओवादी केन्द्रका तर्फबाट काठमाडौं- ७ मा मनोनयन दर्ता गराएकी छिन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी हुन्।

विना मगरले कञ्चनपुर- १ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। उनी २०७४ को प्रतिनिधि सभामा यही क्षेत्रबाट विजयी भएकी थिइन्। पूर्व खानेपानी मन्त्री विनाले एमालेका तारा लामासँग प्रतिस्पर्धा गर्नेछिन्। 

एकीकृत समाजवादी १
एकीकृत समाजवादीले आफ्नो भागमा परेका २४ जना प्रतिनिधि सभाका उम्मेदवारमध्ये एक जना मात्र महिला उम्मेदवार बनाएको छ। पूर्व मन्त्री रामकुमारी झाँक्रीले गुल्मी- २ बाट मनोनयन दर्ता गराएकी छन्।

२०७४ मा प्रतिनिधि सभामा समानुपातिक सदस्य बनेकी झाँक्री  एमाले विभाजनसँगै माधव पक्षतिर लागेकी थिइन्। उनी पूर्व सहकर्मी गोकर्ण विष्टसँग चुनावी प्रतिस्पर्धामा छिन्।

जनमोर्चा १
जनमोर्चाबाट दुर्गा पौडेलेले प्युठानबाट उम्मेदवारी दिएकी छिन्। राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष समेत रहेकी पौडेल २०७० मा समानुपातिक र २०७४ मा वाम गठबन्धनको समर्थनबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्