• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

स्वतन्त्र उम्मेदवारीमा आकर्षण : पार्टी छोडेर उम्मेदवार बन्नेदेखि नयाँ दल बनाउनेसम्म

64x64
सुरेन्द्र बजगाईं सोमबार, असोज २४, २०७९  १८:३३
1140x725

काठमाडौं– आगामी प्रतिनिधि सभा निर्वाचनमा लामो समयदेखि पार्टी राजनीति गरेका मात्रै होइन, अन्य क्षेत्रमा विशेषज्ञता हासिल गर्नेहरुको पनि सहभागिता बढ्ने देखिन्छ। आइतबार भएको मनोनयन दर्ताका क्रममा स्वास्थ्य, शिक्षा, सञ्चार, व्यवसाय र अन्य क्षेत्रका विषय विज्ञहरू पनि देखा परेका छन्। 

कोही राजनीतिक दल निकट, कोही स्वतन्त्र त कोही भने आफैंले नयाँ दल खोलेर चुनावी मैदानमा उत्रिएका छन्। फरक क्षेत्रबाट स्वतन्त्रमा आउने लहर भने गत वैशाखमा भएको स्थानीय चुनावको परिणामपछि अझ बढी देखिएको हो। 

काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले जितेपछि यो लहर संघ र प्रदेशको चुनावमा पनि देखिएको छ। केही उम्मेदवारले भने आफू सक्षम भए पनि ठूला दलहरूले टिकट नदिने देखेपछि पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् उम्मेदवारी दिएका छन्। 

केही पार्टीप्रति जनताको वितृष्णालाई नै चुनावी हतियार बनाउने दाउमा स्वतन्त्र उठेका छन् भने केही मूल पार्टीको रोजाइमा नपरेपछि त्यसका विरुद्ध बागी उम्मेदवार बनेका छन्। 

घनश्याम भुसाल 
नेकपा एमालेमा माक्र्सवादी व्याख्याताका रुपमा परचित नेता घनश्याम भुसालले पहिलो पटक स्वतन्त्र उम्मेदवारी दिएका छन्। आफू उम्मेदवार बन्दै आएको रुपन्देही ३ र सिफारिस भएका आएको क्षेत्र नम्बर १ मा एमालेले टिकट नदिएपछि भुसालले पार्टी नै परित्याग गरेर गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

स्वतन्त्र भने पनि उनलाई सत्तारुढ गठबन्धनको भने पूर्ण साथ रहने भएको छ। नेकपा माओवादी केन्द्रको भाग परेको रुपन्देही १ मा भुसाललाई सहयोग गर्नकै लागि माओवादीले उम्मेदवार उठाएको छैन। 

रञ्जु दर्शना
रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यसबेला तेस्रो स्थान प्राप्त गरेकी थिइन्। 

उनी केन्द्रीय सदस्य रहेको विवेकशील साझा पार्टीमा टुटफुटको शृङ्खला देखिएपछि  प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

रमेश खरेल
नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। 

यो क्षेत्रमा चर्चित नेताहरू प्रतिस्पर्धामा छन्। काठमाडौं–१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,  नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन्।

सागर ढकाल
यस्तै सागर ढकालले डडेलधुराबाट उम्मेदवारी दिएका छन्। केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा देउवाको हप्की खाएका थिए उनले। अहिले ढकालले देउवाकै क्षेत्रमा उम्मेदवारी दिएका हुन्। 

उम्मेदवारी दर्ता गर्दै उनले भने ‘आज विधिवत् रूपमा हामीले उम्मेदवारी दर्ता गरेका छौं। यसै उपलक्षमा उग्रतारा, घटाल, पर्शुराम बाबालगायतका देवी देवतालाई साक्षी राख्दै डडेलधुरा र देशबासीलाई नयाँ आशा, विश्वास, विकास दिलाउनको लागि २ दिनको निराहार व्रत पनि बस्ने निर्णय गरेको छु जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो।’

डा प्रणय शमशेर राणा
यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा डा प्रणय शमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन्। उनले  प्रदेश (१) तर्फ सस्मित पोख्रेल र प्रदेश (२) तर्फ जगन्नाथ लामिछानेलाई अगाडि सारेका छन्। 

माओवादी द्वन्द्वकालमा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर सात वर्ष काम गरेका राणाले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा पिएचडी गरेका छन्। अमेरिकाको जनस्वास्थ्यसम्बन्धी काम गर्ने संस्था सिडिसीमा सल्लाहकार भएरसमेत उनले नीति निर्माणको तहमा काम गरिसकेका छन्।

युग पाठक 
झापा ५ बाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

उनले लेखक, अभियन्ताको परिचय बनाइसकेका छन्। पाठकले घोषणापत्रमा आफ्ना तीन अभियान अघि सारेका छन्।तीन अभियानमा ‘स्थानीय ज्ञानको शिर उठाऔं’, जन–जनको शिर उठाऔं र प्रकृतिको शिर उठाऔं भन्ने नारा तय गरेका छन्। त्यसको संक्षिप्त व्याख्या पनि गरिएको छ। उनले सातवटा अजेन्डा पनि प्रस्तुत गरेका छन्।

सरिता गिरी 
पूर्व सांसद सरिता गिरीले सिराहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्। सिराहाको लहान नगरपालिकामा पर्ने बस्तीपुर घर भएकी उनले यसअघि नै क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। 

उनी २०७० को दोस्रो संविधान सभा चुनावमा नेपाल सद्भावना पार्टीबाट पर्सा १ मा उम्मेदवार बने पनि पराजित भएकी थिइन्। ०७४ मा उनलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरमले समानुपातिक सांसद बनाएको थियो।

संसद्ले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयमा पार्टीको निर्देशन नमानेको भन्दै गिरीलाई पार्टीले सांसदबाट हटाएको थियो।

सञ्जय श्रेष्ठ
काठमाडौं ६ बाट गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनी केही समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका थिए। राप्रपाले उनलाई कुनै पनि  क्षेत्रमा टिकट दिन नचाहेपछि उनले आफूलाई उक्त पार्टीवाट अलग भएको घोषणा शनिबार गरेका थिए। लामो समय विदेश बसेका श्रेष्ठ देशमै राजनीतिमा सक्रिय हुने भन्दै आएका थिए। 

जो नयाँ पार्टी बनाएरै प्रतिस्पर्धामा छन् 
यो निर्वाचनमा केही नयाँ अनुहार पार्टी नै निर्माण गरि होमिएका छन्। उनीहरुले कस्तो छाप छोड्ने हुन् त्यसको नतिजा मंसिर ४ पछि नै देखिने छ। नयाँ पार्टी स्थापित गराउन कति सहज छ भन्ने कुरा पनि यो निर्वाचनपछि नै देखिनेछ। 

रवि लामिछाने 
टेलिभिज कार्यक्रममार्फत् आकर्षण बटुलेका पूर्व सञ्चारकर्मी रवि लामिछाने यसपटक नयाँ दल दर्ता गरेर चुनावी मैदानमा होमिएका छन्। लामो समय विदेश बसेर फर्केसँगै सञ्चार कर्ममा सक्रिय रहेका लामिछाने वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको पक्षमा जनताको लहर देखेपछि आर्कषित भएका थिए।

स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन शाह र धरानमा हर्क साङ्गपाङ्ग तथा धनगढीमा गोपी हमालको विजयले उनी उत्साहित हुँदै टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्। निर्वाचन आयोगले उनको पार्टीलाई ‘घण्टा’ निर्वाचन चिह्न दिएको छ। लामिछानेले प्रतिनिधि सभाको लागि चितवन २ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनले उमेश श्रेष्ठ र नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ। 

सुमन सायमी
सुमन सायमी वैशाख ३० गते भएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरको उम्मेदवार थिए। बालेन शाहसँगै स्वतन्त्र उठेका उनी उक्त निर्वाचनमा सम्मानजनक मत ल्याउँदै पराजित भए।

काठमााडौंमा घर भत्काउने अभियानविरुद्ध उभिएर उनले सामाजिक अभियान सुरु गरेका थिए। महानगरको मेयरमा पराजित भए पनि उनले विजयी भएका शाहलाई सहयोग गर्ने भन्दै लौरो अभियान सुरु गरेका थिए। 

स्थानीय निर्वाचनमा लौरो चिह्नवाट निर्वाचित भएका शाहको लोकप्रियतालाई समात्न उनले उक्त अभियान सुरु गरेका थिए। सायमीले ‘लौरो अभियान’ मार्फत् काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका हुन्।

माया गुरुङ
विश्वका सातवटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल माया गुरुङ दोस्रोपटक उम्मेदवार बनेकी छन्। वैशाख ३० को स्थानीय निर्वाचनमा उनी आफ्नो जन्मस्थान सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार भएकी थिइन्। सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी गुरुङले यसपटक सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन्। 

कर्ण मल्ल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा। उक्त निर्वाचन क्षेत्रमा निर्वाचित भएर फेरि प्रधानमन्त्री बन्ने दौडमा छन् देउवा। तर, उनलाई रोक्न कुनै समय उनकै सारथी बनेका कर्ण मल्ल अघि सरेका छन्। 

लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी कारबाहीमा परेपछि देउवा विरोधी खेमामा उभिएका हुन्। वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा पनि बीपी कांग्रेसबाट उम्मेदवार खडा गरी चितवन र डेलधुरामा उनले चुनौती दिएका थिए।  

निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले यसपटक प्रतिनिधि सभामा देउवाविरुद्ध करुवा चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन्। 

उनलाई नेपाली कांग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा कारबाही गरेको थियो। कांग्रेसबाट असन्तुष्ट मल्लले डडेलधुरामा नेकपा एमालेसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेका छन्। 

जगन्नाथ पौडेल
चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका थिए। त्यसपछि उनलाई कांग्रेसले पार्टीको निर्देशन नमानेको भन्दै कारबाही गरेको थियो। निर्वाचन आयोगले तोकेको साढे ७ लाख जरिवाना नतिरे उनको उम्मेदवारी रद्द हुनेछ। 

गोविन्दराज जोशी 
गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७४ मा तनहुँ क्षेत्र नम्बर १ बाट नै उनको मनोनयन पत्र खारेज भएको थियो। सर्वोच्च अदालतमा उनीविरुद्ध भ्रष्टाचारको मुद्दा विचाराधीन छ। 

नेपाली कांग्रेसले पार्टीको नीति विपरीत गतिविधी गरेको भन्दै कारबाही गरेको थियो। उनलाई विशेष अदालतले भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको थियो। त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका छन्। सँगै भ्रष्टाचार मुद्दा लागेका सहकर्मीहरु खुमबहादुर खड्का र जेपी गुप्ता दोषी ठहर भएर सजाय कटाए पनि उनको मुद्दा भने सर्वोच्चमा विचाराधीन नै रहेको छ।

२०७४ सालमा आयोगले उनको उम्मेदवारी खारेज गरेका कारण यसपटक पनि कायम हुने देखिँदैन। तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध उनले उम्मेदवारी दिएका हुन्।

पुकार बम
सामाजिक अभियन्ता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन्। 

उनी लामो समयदेखि विभिन्न सामाजिक अभियानमा सक्रिय छन्। बम ‘नेपाल बन्द’ विरोधी अभियन्तामध्ये एक हुन्। डा गोविन्द केसीले उठाएका माग पूरा गराउन तथा उनको अनशनलाई सफल बनाउन पनि उनले भूमिका खेलेका थिए।यस्तै, उनी कोरोना महामारीको समयमा ‘इनफ इज इनफ’ अभियानमा अनशनसमेत बसेका थिए। 

बमले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। उनले सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली का्रग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्। 

डा तोसिमा कार्की
डा तोसिमा कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तिकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका अजेन्डासहित प्रतिनिधि सभा सदस्यमा उनले उम्मेदवारी दिएकी हुन्। 

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।

‘सितेका बा’ अर्थात मधुसुधन पाठक 
हास्य टेली शृङ्खला ‘सक्किगो नी’ बाट ‘सितेका बा’ नामले प्रख्यात कलाकार मधुसूधन पाठकले आसन्न चुनावमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले काठमाडौं क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्। यसअघि पाठकले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमामार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

मिलन पाण्डे
विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। उनले विवेकशील अभियानका तर्फबाट ‘पाइला’ चिह्न लिएर उम्मेदवारी दिएका हुन्।

२०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत पाएका थिए। विभिन्न पत्रपत्रिकामा शिक्षा तथा रोजगारीबारे लेख लेख्ने पाण्डेले शिक्षाविद्को परिचयसमेत बनाएका छन्।

शिशिर खनाल
‘टिच फर नेपाल’ संस्थाका सह–संस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका छन्। उनले ‘घण्टा’ चुनाव चिह्न लिएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। लामो समय शिक्षा क्षेत्रमा सुधारको कार्य गरेर उनले प्रशंसा पाएका थिए। 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्