फाइल तस्बिर।
काठमाडौं- स्वास्थ्यमा सुधार नभएपछि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ।
मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ८ गते अस्पताल भर्ना गरिएको थियो। छातीमा निमोनिया संक्रमण भएकाले एन्टिबायोटिक समेत सुरु गरिएको छ।
उनको उपचारका लागि मेडिसिन विभागको नेतृत्वमा क्रिटिकल केयर, एनेस्थेसियोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी लगायतका चिकित्सकहरु संलग्न छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।