फाइल तस्बिर।
काठमाडौं– हुम्लाको चंखेली–६ मा पहिरोले एक घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
चंखेली गाउँपालिका–६ को मासिधाराको देनबाडामा देउच्या विकको घर पहिरोले पुरिँदा उनको परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।
विकका श्रीमती, एक छोरा र दुई छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया होइजाली विक, ९ वर्षीया तुलसी विक, ७ वर्षीया सुस्मिता विक र ५ वर्षीय बसन्त विक रहेका छन्।
उक्त क्षेत्रमा भएको क्षतिको थप अध्ययनका लागि सुरक्षाकर्मी घटनास्थलतर्फ गइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।