काठमाडौं- प्रधानमन्त्री सहित संघीय सरकारका १६ जना मन्त्रीले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। मंसिर ४ को निर्वाचनका लागि आइतबार मनोनयन गर्ने कार्यतालिका थियो।
अधिकांश मन्त्रीले निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भएर मनोनयन दर्ता गरेका थिए भने केहीले वारेस पठाएका थिए।
कुन मन्त्रीले कहाँ उम्मेदवारी दिए?
शेरबहादुर देउवा, प्रधानमन्त्री : डडेल्धुरा
ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार मन्त्री : सुनसरी- ४
बालकृष्ण खाँण, गृह मन्त्री : रुपन्देही- ३
महेश्वर गहतराज. युवा तथा खेलकुद मन्त्री : बाँके १
जीवनराम श्रेष्ठ, पर्यटन मन्त्री : काठमाडौं ८
मेटमणि चौधरी, सहरी विकास मन्त्री : दाङ- १
शेरबहादुर कुँवर, श्रम मन्त्री : अछाम- १
पम्फा भुसाल, जलस्रोत मन्त्री : ललितपुर- ३
जनार्दन शर्मा, अर्थमन्त्री : रुकुम पश्चिम
उमाकान्त चौधरी, खानेपानी मन्त्री : बारा- १
नारायण खड्का, परराष्ट्र मन्त्री : उदयपुर- १
दिलेन्द्रप्रसाद बडु, उद्योग मन्त्री : दार्चुला
देवेन्द्र पौडेल, शिक्षा मन्त्री : बाग्लुङ- २
उमेश श्रेष्ठ, राज्य मन्त्री : चितवन- २
मोहम्मद इश्तियाक राई, भौतिक योजना मन्त्री : बाँके- २
प्रदीप यादव, बन मन्त्री : पर्सा- १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।