कैलाली- कैलाली-५ मा प्रतिनिधि सभामा ११ र प्रदेश सभामा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभामा दुई जना स्वतन्त्र सहित ११ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले जानकारी दिए।
सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा डिल्लीराज पन्त, नेकपा एमालेबाट नारदमुनि राना, नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईश्वरी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रताप जोशी, नेपाल मजदूर किसान पार्टीबाट नन्दाकुमारी दर्लामीले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्रमा पूर्व सांसद पुष्करनाथ ओझा, व्यवसायी सत्यराज उपाध्याय, जगदीश चौधरी, गगनसिंह धामी र रामबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, प्रदेश सभा ‘क’मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रमेश धामी, नेकपा एमालेका नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट श्रीराम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुष्करदत्त भट्ट, संघीय लोकतान्त्रिक मञ्चबाट बृषबहादुर दमाई र रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभा ‘ख’बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस (बीपी)बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।