काठमाडौं- एमाले पूर्व सचेतक शान्ता चौधरी विरुद्ध निर्वतमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएकी छन्। एमालेले आधिकारिक उम्मेदवारको रुपमा शान्ताको नाम तय गरेपछि उनले स्वतन्त्र उठ्ने घोषणा गरेकी थिइन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन्। उनी एमालेकी समानुपातिक सांसद हुन्।
गंगाले केन्द्रीय सदस्यबाट पनि छिट्टै राजीनामा दिएर स्वतन्त्र हुने घोषणा गरेकी छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन्। त्यसअघि उनी थारुहटबाट सांसद भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।