काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट उम्मेदवारी दर्ता गराएका छन्।
सचिव भट्टराईले आइतबार सदरमुकाम फुङलिङस्थित निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
भट्टराईका विरुद्ध वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।