काठमाडौं- नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी- २ बाट मनोनयन दर्ता गराएका छन्।
विष्टले प्रतिनिधि सभा निर्वाचन २०५६ र २०७० मा गुल्मी- ३ बाट र २०७४ मा गुल्मी- २ बाट जितेका थिए।
प्रदेश सभाका लागि गुल्मी- २ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन्।
गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको विष्टले बताए।
यही क्षेत्रमा एकीकृत समाजवादीका तर्फबाट नेतृ रामकुमारी झाँक्रीले पनि मनोनयन दर्ता गराएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।