काठमाडौं– यसवर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन्। हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सोमबार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलबार (आज) पनि देशभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि अहिले वर्षा भइरहेको छ। यसवर्षको दशैं वर्षामय हुने भएकाले विज्ञहरुले टिका लगाउन जाँदा खहरे खोलानालहरुमा सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।