• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चाडपर्वमा के खाने, कति खाने, कसरी खाने?

जया प्रधान सोमबार, असोज १७, २०७९  ११:३६
1140x725

काठमाडौं– यतिबेला दशैं–तिहार जस्ता ठूला चाडपर्वको समय छ। चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। यो बेला के खाने र कसरी खाने भन्ने विशेष ध्यान दिनु जरुरी हुन्छ।

दशैं–तिहार अरु चाडपर्वको तुलनामा लामा हुन्छन्। दशैंको सुरुवातदेखि कोजाग्रत पूर्णिमासम्म टीकाटालो हुने हुनाले घरमा पाहुनाको आवत–जावत भइरहन्छ। पाहुनालाई विभिन्न किसिमका परिकार बनाएर खुवाउने हाम्रो परम्परा छ। जसमा माछा-मासुदेखि सेलरोटी, मिठाइसम्म सामेल हुन्छन्।

अरु बेला त्यति मासु नखाने परिवारमा पनि दशैंको बेलामा खानुपर्छ र खुवाउनुपर्छ भन्ने सोच छ। साथै, चाडपर्वमा जति खाए हुन्छ, अरु बेलामा नखाए पनि हुन्छ भन्ने मनस्थिति छ हाम्रो समाजमा। त्यसलाई प्रोत्साहित गर्नु हुन्न।

सन्तुलित भोजनले ९० प्रतिशत औषधिको काम गर्छ। त्यही खाना असन्तुलित भयो भने ९० प्रतिशत रोग निम्तिन सक्छ। खानाकै कारण दशैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ।

असन्तुलित भोजनका कारण पखाला लाग्ने, कब्जियत हुने, शरीरमा चिल्लो मात्रा बढ्ने समस्या निम्तिछन्। सुगर, मुटुको समस्या, उच्च रक्तचाप, मिर्गौलामा समस्या जस्ता जति पनि दीर्घ रोग छन्, ती सबै खानासँग सम्बन्धित हुन्छन्।

दशैंमा कस्तो खाना खाने ?
दशैंमा पनि साधारणतया भात, दाल, तरकारी नै खान्छौं। तर कतिपय परिवार या समाजमा जमरा बिसर्जन नगरुन्जेलसम्म भात नखाने, चिउरा मात्रै खाने चलन छ। विशेषगरी यो चलन नेवार समुदायमा देखिन्छ। यसबाहेक दशैंको अस्टमी र नवमीमा बली पनि चढाउने गरिन्छ। त्यसलाई प्रसादको रुपमा खाने गरिन्छ।

दशैंमा परिवार एक साथ बसेर खाने, तास खेल्ने, टिभी हेर्ने गरेर मनोरञ्जन लिइन्छ। दशैं मनाउने क्रममा विभिन्न किसिमका भुटेका, तारेका खानेकुराहरू खान्छौं। त्यसरी खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। चाड हो, केही दिन रमाउँदै खानेकुरा खान सकिन्छ। तर विचार नगरी खानेकुरा खाँदा पछि कस्तो किसिमको प्रतिकुल असर पर्छ भनेर ध्यान दिनुपर्छ।

कसले कति खाने?
चाडपर्व होस् या अन्य समय, आफ्नो शरीरको अवस्था कस्तो छ भन्ने विचार गरेर खानेकुरा खानु पर्छ। दैनिक जीवनमा होस् वा चाडपर्व, स्वास्थ्यको दृष्टिकोणले छाला र बोसो भएको मासुलाई बेवास्ता गर्नु पर्छ। किनभने, छाला र बोसोमा प्रशस्त मात्रामा फ्याटी एसिड बनेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोठाको तापक्रममा जमेर बसेको चिल्लो पदार्थलाई भोजनमा समावेश गर्नु राम्रो होइन। किनकी, यसले शरीरमा कोलेस्ट्रोल बढाउँछ। कोलेस्ट्रोल बढी हुनासाथ शरीरमा एलडीएल बढ्ने हुन्छ, जसले गर्दा मुटु सम्बन्धी समस्या निम्तिन सक्छ।

बोसो एउटा यस्तो पोषक तत्व हो जुन थोरै ठाउँमा पनि धेरै जम्मा हुन सक्छ। यस्तो बोसोलाई जलन क्रिया जस्तै– व्यायाम तथा अन्य शारीरिक क्रियाकालाप गरेर घटाउन सकियो भने शरीरमा सन्तुलन हुन सक्छ। तर शारीरिक क्रियाकलाप बिना नै चिल्लो पदार्थ या बोसो भएको मासु खाने हो भने त्यो बोसो शरीरमा जम्मा हुन्छ। जसको फलस्वरुप शरीरको तौल आवश्यकताभन्दा बढी हुन्छ।

शरीरको तौल आवश्यकताभन्दा बढी हुनासाथ मधुमेह, मुटु सम्बन्धी रोग निम्तिन सक्छ।

मासु प्रोटिनको राम्रो स्रोत हो जुन हाम्रो शरीरको वृद्धि विकासको लागि अति आवश्यक छ। बालबालिकाको वृद्धि विकासको लागि पनि राम्रो मानिन्छ। तर कति खाने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने हुन्छ। 

Xtrem

Xtrem

मासुमा प्रोटिन धेरै हुनाले पचाउन गाह्रो हुन्छ। अर्को, मासुमा चिल्लो पदार्थ धेरै हुनाले मापन गरेर खानु बेस हुन्छ।

बालबालिकालाई कसरी खुवाउने ?
बालबालिकाको तीव्र वृद्धि भइरहेको समयमा उनीहरुलाई खानाको आवश्यकता हुन्छ। चाडपर्वमा बालबालिकालाई पाँच खाद्य समूहबाट नै खाना समावेश गरेर खुवाउनु पर्छ। तर उनीहरुलाई प्रोटिन भएका खानेकुरा विशेष जोड दिएर खुवाउनु पर्छ। त्यस्तै भिटामिन र मिनरल्स भएको हरियो साग, तरकारी र फलफूल जस्ता खानेकुरा पनि खुवाउनु पर्छ।

नेपालीको भान्सामा दाल, भात र तरकारी प्रायः सधैँ पाक्छ। तर मासु भनेको चाडपर्व वा बिदाको दिन खाने भन्ने हुन्छ। तर आफ्नो परिवारको आर्थिक स्थिति कस्तो छ र बच्चाले कति रुचाउँछ, त्यो अनुसार बच्चालाई दैनिक रुपमा मासु खुवाउन पनि सकिन्छ। बच्चालाई दैनिक ३० ग्राम मासु दिन सकिन्छ। बच्चाले भुटेको, तारेको खानेकुरा मन पराउँछन्। तर पनि थोरै चिल्लो प्रयोग गरेर मासु खुवाउनु पर्छ।

चाडपर्वमा दैनिक रुपमा भन्दा बढी मात्रामा सफ्ट ड्रिंक्सहरू खाने चलन छ। त्यस्ता कार्बोनेट ड्रिंक्सहरूबाट हामीले क्यालोरी मात्रै पाउँछौं। त्यसैले यस्ता चिजहरु लिमिटमा खानु पर्छ। कसै–कसैले मासु पच्छ भन्दै ड्रिंक्स आफू पनि खाने र बालबालिकालाई पनि खुवाउने गरेको पाइन्छ। तर त्यसमा मासु पचाउन सहयोग गर्ने कुनै न्युट्रेन्स  हुँदैन। त्ययसैले सफ्ट ड्रिंक्सहरुलाई प्राथमिकता दिनेभन्दा त्यही मौसममा पाइने फलफूल र फलफूलको जुसलाई प्राथमिकता दिनु पर्छ।

जस्तो, दशैं–तिहारमा सुन्तला, मौसम र कागतीको जुस आफू पनि खान सकिन्छ र बच्चालाई दिन सकिन्छ। यस्ता जुसबाट क्यालोरीसँगसँगै भिटामिन पनि प्राप्त हुन्छ। त्यसकारण चाडपर्वमा पाहुनाको स्वागत गर्दा या घरमै पनि बजारमा पाइने सफ्ट ड्रिंक्स खाँदा पोषणको हिसाबले स्वास्थ्यमा फाइदा गर्छ कि गर्दैन ध्यान दिनु पर्छ।

वयस्कको आहार
एक स्वस्थ वयस्क व्यक्तिले दिनमा ९० ग्राम मासु खान सक्छ। एक पटकमा ३० ग्रामको हिसाबले दिनभरिको खानामा मिलाएर दैनिक ९० ग्राम खान सकिन्छ। तर पकाउँदा भने ध्यान दिनुपर्छ। जस्तै– तारेको, भुटेको खाँदा चिल्लो पदार्थ थपिन जान्छ। तीस ग्राम बोसो र छाला नभएको मासु खाँदा अन्दाजी ५५ क्यालोरी प्राप्त गर्न सकिन्छ। तर तारेर, भुटेर खाँदा त्यसको डबल ११० क्योलोरी प्राप्त हुन्छ। त्यसकारण मासुको छनोट गर्दा मात्रै होइन, पकाउने तरिकामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

चाडपर्वमा मासु या माछा मात्रै खानेभन्दा पनि सन्तुलित भोजनलाई विशेष ध्यान दिनुपर्छ। पाँच खाद्य समूह मिलाएर भोजनमा समावेश गर्नु पर्छ। कुनै जाति या धर्ममा लामो पूजा गर्ने, भोको बस्ने चलन हुन्छ। आफ्नो परम्परालाई जगेर्ना गर्नु पर्छ। तर त्यस्तो समयमा सुगर, प्रेसर लगायतका बिरामीलाई गाह्रो हुन सक्छ। त्यसैले आफ्नो घरमा कस्ता किसिमका स्वास्थ्य अवस्था भएका व्यक्तिहरू छन्, त्यसलाई ध्यान दिनुपर्छ र समयमै पूजा सकेर खाने व्यवस्था गर्नुपर्छ।

वृद्धवृद्धालाई कस्तो खाना दिने
वृद्ध अवस्थामा मेटाबोलिजम घट्दै जाने हुनाले वयस्कमा भन्दा क्यालोरीको आवश्यकता कम हुँदै जान्छ। तर मेटाबोलिजम कम हुन्छ भन्दैमा अन्य पौष्टिक तत्व पनि कम हुन्छ भन्ने छैन। अन्य तत्वहरू प्रोटिन, भिटामिन, मिनरल्स भने वयस्कहरुमा आवश्यक हुने जत्तिकै आवश्यक हुन्छ।

यदि वृद्धवृद्धा शारीरिक क्रियाकलापमा सक्रिय छन् भने वयस्कलाई जति नै क्यालोरी दिन सकिन्छ। जति उमेर बढ्दै जान्छ, त्यति नै पाचन शक्ति घट्दै जान्छ र निष्क्रिय हुँदै जान्छ। वृद्ध अवस्थाका व्यक्तिहरुले मासु राम्रोसँग चपाउन पनि सक्दैनन्। पच्न पनि समय लाग्छ। त्यसैले यो अवस्थाका व्यक्तिहरुलाई थोरै मात्रामा माछा–मासु खुवाउनु पर्छ।

वृद्धवृद्धालाई अवस्था हेरेर प्रतिदिन ६० ग्रामसम्म मासु दिन सकिन्छ। यसमा पनि पकाउने प्रक्रियामा भने ध्यान दिनु पर्छ। सकेसम्म सबै उमेर समूहका व्यक्तिहरुले खाने मासु कम चिल्लो, कम पिरो र ठिक्क मात्रामा मसलाको प्रयोग गरेको हुनुपर्छ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्