जाजरकोट– भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो।
करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने बताइएको छ। स्याउली सेवा केन्द्र र खलङ्गाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।
उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यावसायिकतातर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए। वर्षेर्नी पालिकाले मूल बीउ उत्पादनदेखि वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।