• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
#२०४८ देखिका सांसद

लालबाबु पण्डित : ४ पटक सांसद, २ पटक मन्त्री

64x64
राजनीतिक ब्यूरो शुक्रबार, असोज १४, २०७९  २१:१३
1140x725

काठमाडौं– मजदूर संगठनबाट राजनीतिक यात्रा थालेका लालबाबु पण्डितले नेकपा मालेसँग आबद्ध भएर पार्टीगत राजनीति सुरु गरेका थिए। उनी अहिले एमालेका स्थायी कमिटी सदस्य छन्।

पण्डितले संसद् यात्रा २०४८ देखि सुरु गरेका हुन्। त्यस निर्वाचनमा उनी मोरङ- ३ बाट उम्मेदवार भएका थिए। मोरङमा उनले भूमिगत राजनीतिको महत्त्वपूर्ण समय बिताएका थिए। संगठन विस्तारमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए। उनको जन्मथलो सर्लाही भए पनि कर्मथलो भने मोरङ थियो।

२०४८ को निर्वाचनमा मोरङ- ३ बाट एमाले उम्मेदवार भएका पण्डितले कांग्रेसका बद्रीनारायण बस्नेतलाई पराजित गरेका थिए। निर्वाचनमा पण्डितले १८ हजार ६६७ मत पाउँदा बस्नेतले १६ हजार ६७० मत पाएका थिए। अर्का उम्मेदवार नेपाल सद्भावना पार्टीका हिरालाल साहले ४ हजार ४७२ मत पाएका थिए।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा पनि पण्डित सोही क्षेत्रबाट उम्मेदवार भएका थिए। तर पराजित भए। २०४८ मा पण्डितसँगै पराजित भएका बद्रीनारायण बस्नेतले जित निकाले। बस्नेतले १९ हजार ८२१ मत पाउँदा पण्डितले केवल १४ हजार ९८७ मत मात्रै पाए। राप्रपाका जनकबहादुर कार्कीले ४ हजार ३१२ मत मात्रै पाएका थिए।

हार्नुको कारण आफैंलाई ठम्याएका छन्, पण्डितले। आफ्नो आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ मा उनले लेखेका छन्- ‘जनताका धेरै अपेक्षा मबाट पूरा हुन नसकेकैले २०५१ सालको निर्वाचन हारेको थिएँ। अर्को कुरा, निर्वाचनको कमान्ड पनि म आफूले गरिनँ। २०४८ सालको निर्वाचनमा सबै कमान्ड मेरो हातमा थियो। २०५१ सालमा साथीहरुलाई अगल-अलग क्षेत्रको कमान्ड दिएको थिएँ। तालमेलको अभाव भयो। केही साथीलाई यसपटक हराउन सके अर्को पटक आफ्नो पालो आउन सक्छ भन्ने पनि लागेको हुनसक्छ।’

२०५६ को निर्वाचनमा पण्डित फेरि विजयी भए। पण्डितले १६ हजार २८८ मत पाएर जित निकाले। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोपाल राजभण्डारीले १५ हजार ५८९ मत पाएका थिए। नेपाल सद्भावना पार्टीका दिलीप धाडेवाले ७ हजार ४२ मत पाएका थिए।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा पण्डितले प्रत्यक्ष चुनाव लडेनन्। बरु, समानुपातिकतर्फबाट सभासद बने। २०७० मा भने प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेदवार भएनन्।

पहिलो संविधान सभाबाट संविधान बन्न नसकेपछि दोस्रो संविधान सभामा सभासद् बन्न मन नलागेको पण्डितको भनाइ छ। आत्मकथामा उनले लेखेका छन्- ‘दोस्रो संविधान सभामा दोहोरिएर सभासद् बन्ने इच्छा लागेन। चुनावमा उठिनँ।’

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ को निर्वाचनमा मोरङ- ६ बाट प्रतिस्पर्धी भएका थिए, पण्डित। त्यतिबेला सो क्षेत्र निकै चर्चामा आएको थियो। सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका बेला पण्डितले कर्मचारीले डीभी र पीआर लिन नपाउने व्यवस्था गरेपछि चर्चा कमाएका थिए। त्यसो त पण्डितको सादगी शैलीको पनि प्रशंसा पनि भएको थियो। अर्कोतिर, कांग्रेसका एक जना शीर्ष नेता डा शेखर कोइराला प्रतिस्पर्धी बनेका थिए। अन्तिममा पण्डितले बाजी मारे।

वाम गठबन्धनको साझा उम्मेदवार बनेका पण्डितले ३३ हजार ९४१ मत पाएका थिए। कोइरालाले भने ३३ हजार २६६ मत पाए।  अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राजेश्‍वर विश्‍वासले ५ हजार २६१ मत पाएका थिए।

२०७४ सालमा प्रकाशित पुस्तकमा पण्डितले नै लेखेअनुसार, २०४८ सालपछि पार्टीले उनलाई जिम्मेवारविहीन बनाएको छैन। पार्टी भित्रको जिम्मेवारी मात्रै होइन, उनले दुईपटक मन्त्री बन्ने अवसर पनि पाइसकेका छन्। सुशील कोइराला नेतृत्वको सरकारमा उनी सामान्य प्रशासन मन्त्री भएका थिए। जबकि, उनी त्यतिबेला सभासद थिएनन्। तर मन्त्रीका रुपमा उनले सो कार्यकालमा प्रशंसा पाए।

२०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारमा पनि पण्डित मन्त्री भए। केही महिना जनसङ्ख्या तथा वातावरण मन्त्री र त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए। तर यसपटक उनले कुनै उल्लेखनीय भूमिका देखाउन सकेनन्। बरु, २०७६ मंसिर ४ को मन्त्रिपरिषद् विस्तारमा समेटिएनन्।

Xtrem

Xtrem

पार्टीभित्र पनि पण्डितको प्रभाव घटेको देखिन्छ। २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा उनी पदाधिकारीको आकांक्षी थिए। तर उनलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यका रुपमा प्रस्ताव गरेका थिए। त्यसपछि उनले केन्द्रीय सदस्य अस्वीकार गर्दै पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका थिए। तर पछि उनी केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य बनाइएका थिए।

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ] 


यस शृंखलाका अन्य सामग्रीहरू :

हृदयेश त्रिपाठी : ३ पार्टीबाट ५ पटक संसद्‌मा


डिनालाई हराएर संसद् यात्रा थालेका विरोध खतिवडा डिनासँगै सिट बाँडफाँटको चुनौतीमा


बालकृष्ण खाण: अरुलाई त्यागको पाठ, आफूलाई सधैँ लाभ

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:१३
  • ##२०४८ देखिका सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्