काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण गर्दै उपप्रमुख सुनिता डंगोलले माफी मागेकी छिन्।
समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागेकी हुन्।
‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उपप्रमुख डंगोलले भनिन्।
उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै फेरि एकढिक्का भएको बताइन्।
यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको उनले बताइन्।
‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं। विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए,’ उनले भनिन्, ‘आरोप प्रत्यारोप पनि भए। सबै कुरा मन्थन हुँदै गएको छ। समस्याको समाधान पनि हुँदै गएको छ। आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।