काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर सभा बैठक सकिएको छ । महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।
उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।
बैठकमा प्रमुख बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि छलफल र पारित गर्न असार ३२ गते अर्को बैठक बोलाइएको जानकारी गराउँदै मेयर बालेन्द्रले बैठक समापन भएको जानकारी दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।