काठमाडौं– रुस-युक्रेन युद्वकाबीच रुसले युक्रेनका चारवटा क्षेत्र आफ्नो देशमा गाभेको घोषणा गरेको छ।
लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्रलाई आफूले गाभेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एक कार्यक्रममा बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
उक्त क्षेत्रका नागरिकको चाहाना अनुसार रुसी महासंघमा समावेश गरेको पुटिनले दाबी गरेको सञ्चारमाध्यमले बताएका छन्।
पुटिनको पछिल्लो कदमलाई पश्चिमा राष्ट्रले आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।