• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख सापकोटाको कार्यकाल सकियो, तर टुंगिएनन् मुद्दा

64x64
नेपाल लाइभ बिहीबार, असोज २०, २०७९  १५:३०
1140x725

काठमाडौं– आफ्नो कार्यकालको अन्तिम दिनहरुमा सभामुख अग्निप्रसाद सापकोटा विवादमा परे। उनको कार्यावधि कहिलेसम्म रहने भन्ने विवाद उत्पन्न भइरहेको समयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई पदमै रहनुको कारणसहित लिखित जवाफ मागेको छ। सर्वोच्च अदालतले असोज ९ गते सभामुखसँग लिखित जवाफ माग गर्ने आदेश दिएको थियो। तर उनले जवाफ बुझाउन ‘भ्याएनन्’। सर्वोच्च अदालत असोज १० गतेदेखि बन्द भएको छ भने उनको म्याद तामेली भएको छैन।

दशैंको पूर्णिमापछि म्याद तामेली भएमा सभामुख सापकोटा पदमा हुने छैनन्। कार्यावधि जति नै लम्बिए पनि असोज २२ भन्दा उता जाने छैन। किनकि, असोज २३ गतेलाई प्रत्यक्षतर्फको मनोनयन गर्ने दिन तोकिएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनी असोज २२ सम्म पदमै रहने देखिएको हो।

सापकोटाविरुद्ध परेका र उनैले दायर गरेका मुद्दामध्ये यो चौथो हो। सर्वोच्चमा सापकोटाविरुद्ध दायर भएका ३ थान निवेदन विचाराधीन छन्। एक थान निवेदन भने उनैले दायर गरेका थिए। त्यो पनि विचाराधीन नै छ।

सापकोटालाई सभामुख बनाउन नहुने दाबी गरिएको, काभ्रेका अर्जुन लामाको हत्यामा अनुसन्धान माग गरिएको र सभामुख पदबाट राजीनामा दिनुपर्ने माग गरिएको गरी उनीविरुद्ध ३ मुद्दा छन्। सापकोटाले भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सदर गरेर’ नियुक्त गरिदिएपछि रिट दायर गरेका थिए। प्रतिनिधि सभा विघटन गरिएका कारण ती सिफारिसमाथि संसदीय सुनुवाइ हुन सकेको थिएन। उक्त रिटमा सर्वोच्चको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।

सभामुखले दायर गरेको मुद्दाले दोस्रो सुनुवाइकै पालो पाएन
सभामुख सापकोटाविरुद्धका मात्र होइन, उनले दायर गरेको एउटा रिट पनि सर्वोच्चबाट किनारा लागेको छैन। विभिन्न संवैधानिक निकायमा २३ माघ २०७७ मा भएका नियुक्तिमा संविधान मिचिएको दाबी गर्दै उनी सर्वोच्च पुगेका थिए। संसदीय सुनुवाइ बिना नै ११ संवैधानिक निकायका ३२ पदाधिकारीको नियुक्ति र सपथ भएपछि सभामुख सापकोटाले त्यसविरुद्ध रिट दायर गरेका थिए।

यो पनि पढ्नुहोस

सभामुख सापकोटाका तीन मुद्दा सर्वोच्चमा : हत्या अभियोगको मुद्दा १० वर्षदेखि विचाराधीन

उक्त मुद्दामा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्‍यो। तर, सभामुखको मागअनुसार अन्तरिम आदेश भने जारी गरेन। दुवै पक्षको बहसपछि यो विषयमा निर्णय हुने आदेश भयो।

यो मुद्दामा अन्तिम पेसी गएको २ जेठमा चढेको थियो। तर, दोस्रो सुनुवाइ हुन सकेको छैन। त्यसपछि २०७९ साउन १८ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा पेसी रहेको थियो। तर मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भयो। त्यसपछि यो विवादको रिट पेसीमा चढेको छैन। पछिल्लोपटक संवैधानिक इजलासले नियुक्तिसम्बन्धी सबै मुद्दा साथै राखेर पेस गर्न आदेश गरेसँगै यो मुद्दा संवैधानिक इजलासमा लगाउ हुने भएको छ। अब संवैधानिक इजलासमा विचाराधीन अरु ८ थान रिटमाथि पनि सँगै सुनुवाइ हुने छ।

सभामुखमा रोक्न दायर रिटमा कहिल्यै आएन ‘१५ दिन’ 
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पदमा तत्कालीन नेकपाले सांसद अग्नि सापकोटालाई अघि बढायो। नेकपाको उक्त निर्णयले दण्डहीनता र कानुनी शासनको उल्लघन भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भयो।

Ncell 2
Ncell 2
nimb
nimb

सापकोटाविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर मुद्दा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन रोक लगाउन रिटमा आदेश माग गरिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १० माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए। तर, सापकोटा १२ माघ २०७६ मा सभामुख पदमा निर्विरोध निर्वाचित भए।

यो पनि पढ्नुहोस

नेकपा विवाद चर्किरहँदा सभामुख सापकोटाको मुद्दामा पेशी तोकियो

सभामुख विरुद्धको मुद्दाको पहिलो सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासले २०७८ माघ १३ गते गर्‍यो। माघ १४ गते अन्तरिम आदेश जारी नहुने र मुद्दामा निवेदकले उठाएको विवादको व्याख्या अन्तिम फैसला हुँदा हुने भनियो। त्यसपछि उक्त मुद्दा ४ पटक पेसीमा पर्‍यो, तर १ पटक पनि सुनुवाइ भएन। पछिल्लोपटक असार २० गते उक्त मुद्दाको पेसी तोकिएको थियो। त्यसपछि कहिले हुने भन्ने कुनै जानकारी मुद्दा फाँटले राखेको छैन। न्यायाधीश मल्लको एकल इजलासले लिखित जवाफसहित १५ दिनभित्र उपस्थित भइ दोस्रो सुनुवाइमा भाग लिन सापकोटालाई आदेश दिएको थियो।

अर्जुन लामा हत्याको मुद्दा संवैधानिकमै विचाराधीन
सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्यामा अनुसन्धान हुनुपर्ने माग गरिएको मुद्दा पनि सर्वोच्चमा छ। उक्त मुद्दा सर्वोच्चमा २०६८ सालदेखि विचाराधीन छ। यो मुद्दाको सुरुवात उनी सूचना तथा सञ्चार बनेपछि भएको हो।

नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सापकोटा २१ वैशाख २०६८ मा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। प्रहरीको ‘फरार’ सूचीमा रहेको व्यक्ति मन्त्री हुन नमिल्ने भन्दै त्यसअघि नै कनकमणि दीक्षितसहिले रिट दायर गरेका थिए। उक्त रिट खारेज भएको थियो। अदालतले रिट खारेज गरिसकेको अवस्थामा आफूलाई ‘फरार’ करार गरेको भन्दै सापकोटाले दीक्षित लगायतविरुद्ध ६ असार २०६८ मा अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती पूर्णिमायाले ७ मंसिर २०६९ मा उक्त घटनाको अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरिन्। उनले श्रीमान्‌को हत्यासम्बन्धमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा अनुसन्धान अघि बढाउन माग गरेकी थिइन्। त्यसपछि पुनः सुशील प्याकुरेलसहितले २६ चैत २०७२ मा सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउने परमादेश माग गर्दै अर्को रिट दायर गरे।

पूर्णिमाया लामा र सुशील प्याकुरेल लगायतले दायर गरेको मुद्दा वर्षौंदेखि संवैधानिक इजलासमा घुमिरहेको छ। उक्त रिटमा न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले पहिलो सुनुवाइ गर्दै ११ मंसिर २०६९ मा अनुसन्धान अघि बढाउन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि १९ असार २०७० मा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश दियो। उक्त इजलासले प्रत्येक १५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको थियो। तर, काभ्रे प्रहरीले सर्वोच्चको आदेशको उल्लंघन गर्दै प्रत्येक १ महिनामा मात्र प्रगति विवरण बुझाएको थियो। प्रगति विवरणमा पक्राउ गर्नका लागि अनुसन्धान गरिरहेको जवाफ काभ्रे प्रहरीले दिने गरेको छ।

के थियो लामा हत्या प्रकरण?
अर्जुन लामा काभ्रे, छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष थिए। तत्कालीन माओवादीका लडाकूले लामालाई १६ वैशाख २०६२ मा अपहरण गरेका थिए। उनलाई ‘व्यक्तिगत काम भएको’ भन्दै लगेर बेपत्ता बनाएका थिए। तत्कालीन समयमा उक्त क्षेत्रको नेतृत्व अग्नि सापकोटा र सूर्यमान दोङले गरेका थिए। त्यही कारण उनीहरुबाटै अर्जुनको अपहरण र हत्या भएको श्रीमती पूर्णिमायाले सर्वोच्चमा पेस गरेको रिटमा जिकिर गरिएको छ। 

अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता काभ्रेको बुढाखानी गाविसस्थित चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला पर्‍यो। उनकी श्रीमती पूर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिइन्। तर, जाहेरी ‘दर्ता नहुने’ भन्दै फर्काइयो।

जिल्ला प्रशासन कार्यालय काभ्रेले २४ असार २०६४ मा जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखी द्वन्द्वको घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने संवैधानिक व्यवस्था भएको हुँदा सो जाहेरी दरपीठ गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले २६ असारमा किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । प्रहरीको सो निर्णयविरुद्ध पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन् अनि अदालतले २७ फागुन २०६४ मा जाहेरी दर्ता गर्न आदेश दियो। उक्त आदेशपछि पनि काभ्रे प्रहरीले २७ साउन २०६५ मा मात्र सापकोटालयायत अन्य ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको हो। प्रहरीले आफ्नो मातहतका प्रहरी कार्यालयलाई सञ्चार सम्प्रेषण गरेको, तर अभियुक्तहरु फेला नपरेको भन्दै मुद्दा तामेलीमा राखेको जिकिर पूर्णिमायाले सर्वोच्चमा दायर गरेको रिटमा गरेकी छन्।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्