• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार

64x64
रासस बिहीबार, असोज १३, २०७९  १९:१८
1140x725

काठमाडौं– कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ।

महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन्। त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल।

भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो। बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन्। यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ। 

सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन्। 

किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ। ‘अधिकांश ग्राहक भारतकै हुन्छन्, लत्ताकपडा तथा चाइनिज समान किनमेल गर्नका भारतीय नागरिक आउँछन्’, ब्रह्मदेवका व्यवसायी गोपालसिंह धामीले भने, ‘भारतीय ग्राहक नआएमा हाम्रो व्यापार नै हुँदैन।’

Ncell 2
Ncell 2

प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दशैंमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेला लाग्ने हुनाले यो समयमा ब्रह्मदेव बजारमा चहलपहल बढी हुने गरेको छ। 

‘मौसमी बजार’को उपमासमेत पाएको ब्रह्मदेव बजारका व्यापारीले अन्य समयमा भने ग्राहकको बाटो ढुकेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘नेपाली गाउँ खल्ला–मसेट्टी–टुँडीखेल र ब्रह्मदेवका ग्राहक पनि आउँछन् तर यहाँका धेरैजसो किनमेल गर्नका लागि महेन्द्रनगर र टनकपुरतिर जाने गर्छन्’, व्यापारी दत्तराज पनेरुले भने, ‘भारतीय ग्राहक नआउँदा हाम्रो व्यापार नै हुँदैन, यहाँको व्यवसाय भारतीय उपभोक्ताले धानेका छन्।’

यसवर्ष पूर्णागिरीमा लागेको नवरात्र मेला भएसँगै ब्रह्मदेव बजारमा नजिकै रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने भारतीय दर्शनार्थीको चहलपहल बढेको छ। पूर्णागिरि मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वास छ। 

ब्रह्मदेवको सिद्धनाथ मन्दिर दर्शन गर्नका लागि अहिले दैनिक १० हजारभन्दा बढी भारतीय दर्शनार्थी आइरहेका छन्। मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्स, बामल र तयारी कपडा रुचाउने गरेका छन्। 

‘भारतीय उपभोक्तालाई लक्षित गरेर राखिएको बजार हो, मेला अवधिमा व्यवसाय राम्रै चल्छ’, ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘नवरात्र मेलाले अहिले भारतीय तीर्थालुको चहलपहल बढेको छ, व्यापार राम्रै भइरहेको छ।’ अहिले एक सय ५० भन्दाबढी मानिस ब्रह्मदेव बजारमा व्यवसाय गर्दै आएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्