• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकर भुवन दाहालको यात्रा : खरदारदेखि सानिमा बैंकको सिइओसम्म

64x64
सुमित्रा कार्की बिहीबार, असोज २०, २०७९  १९:२९
1140x725

काठमाडौं- बैंकिङ क्षेत्रमा परिचित नाम हो भुवन दाहाल। २०२८ सालमा सिन्धुलीको भिमानमा जन्मिएका दाहालले भिमानकै जनजागृति माध्यमिक विद्यालयबाट कखरा सिके।

एक कक्षा पास भएपछि उनको परिवार सिन्धुलीबाट बसाइ सरेर रौतहटको चन्द्रनिगाहपुर झर्यो। त्यसपछि १० कक्षासम्मको अध्ययन उनले चन्द्रनिगाहपुरको जनज्योति माध्यमिक विद्यालयबाट पूरा गरे।

स्कुल पढ्दा कहिल्यै उत्कृष्ट स्थानमा पर्न नसकेको अनुभव सुनाउँछन् दाहाल। उनी भन्छन्, ‘स्कुल पढ्दा म कहिल्यै पहिलो, दोस्रो वा तेस्रो स्थानमा आउन सकिनँ। क्याम्पस पढ्न थालेपछि भने राम्रो रिजल्ट आउन थाल्यो।'

चन्द्रनिगाहपुरबाट १० कक्षा (एसएलसी) पास भएपछि १२ कक्षासम्म दाहालले ललितपुरको पाटन मल्टिपल क्याम्पस पढे। ‘पाटन मल्टिपलमा मैले ११ र १२ (आइए) पढेको हुँ। ११ पढ्दा म दोस्रो स्थानमा आउन सफल भएको थिएँ। १२ सय हाराहारीमा विद्यार्थीको बीचमा दोस्रो स्थानमा आउनु मेरा लागि निकै ठूला कुरा थियो,’ उनी भन्छन्। 

११ कक्षामा दोस्रो स्थानमा आउन सफल भएका दाहाल १२ कक्षामा भने प्रथम भएका थिए। मिहिनेत गर्दै गएपछि विस्तारै उत्कृष्ट नतिजा ल्याउन सकेको अनुभव उनीसँग छ। 

११ र १२ पछि स्नातक (ब्याचलर) सम्मको पढाइ काठमाडौंको आरआर (रत्नराज्य) क्याम्पसबाट गरेका दाहालले आरआर क्याम्पसबाट मेजर इङ्लिस र अर्थशास्त्र विषयमा स्नातक गरे। त्यसपछि उनले विराटनगरको डिग्री कलेजबाट एमबिए गरे। 

सरकारी जागिर छाडेर नबिल बैंकमा

एसएलसी दिएदेखि नै केही न केही काम गर्नुपर्छ भन्ने सोच राखेका दाहाल त्यतिबेलै ट्युसन पढाएर आफ्नो लागि खर्चको जोहो आफैं गर्थे। ११/ १२ पढ्दा त सरकारी जागिरमा लागिसकेको उनी बताउँछन्। दाहाल पछि सरकारी जागिर छाडेर नबिल बैंकमा काम गर्न विराटनगर पुगे। 

Ncell 2
Ncell 2
nimb
nimb

नबिल बैंकमा छनोट हुँदा दाहाल स्नातक पहिलो वर्ष पढ्दै थिए। ‘स्नातक पहिलो वर्ष अध्ययन गर्दै थिएँ। परीक्षाको समय र नबिल बैंकमा एकै पटक नाम निस्केको थियो। मैले नबिल बैंकमा जागिर खाने समयमा एचआर हेड हरि भट्टराई हुनुहुन्थ्यो। मैले उहाँलाई परीक्षा सकेपछि मात्र नबिलमा हाजिर हुन्छु, मिलाइदिनुस् भनेको थिएँ। तर, कि परीक्षा देऊ कि जागिर खाऊ। दुवै हातमा लड्डु खोज्ने काम नगर भन्नुभएको थियो,' दाहालले सुनाए, 'म अन्योलमा थिएँ। साथीहरुले पढाइ पछि पनि गर्न सकिने र नबिलमा काम गर्न सुझाएकोले परीक्षा छाडेर विराटनगर गएँ।'

पछि पहिलो र दोस्रो वर्षको परीक्षा एकै पटक दिएर टप गरेको दाहाल सुनाउँछन्। भन्छन्, ‘स्नातकको पहिलो र दोस्रो वर्ष टप गरे पनि एमबिएमा गएर भने म फेल भएँ। एमबिएमा मार्केटिङमा विषय लागेको थियो। त्यो बेला मलाई धेरै पीडा भएको थियो।’

चार जनाको परिवारमा सबैभन्दा कान्छा हुन् दाहाल। मध्यमवर्गीय परिवारमा हुर्केका उनलाई पढाइ अगाडि बढाउन भने खासै समस्या नभएको बताउँछन्। सानैदेखि जुनसुकै काम गर्न पनि तयार भइहाल्ने दाहाल घरमा उत्पादन भएका वस्तुहरु बोरामा बोकेर लैजान पनि तयार हुन्थे।'

०००
काठमाडौं आएपछि कामको सुरुवात ट्युसन पढाएर गरेका थिए दाहालले। काठमाडौं आएको एक वर्षपछि उनले जोरपाटीस्थित एउटा स्कुलमा पढाए। लोकसेवा परीक्षा दिएर बसेका दाहाल २०४६ साल चैतमा संसदमा स्थायी जागिरे भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले संसदमा खरदार पोस्टमा सरकारी जागिर खान सुरु गरेका हुन्। दाहाल सरकारी जागिरमा प्रवेश गर्दाको एउटा किस्सा सुनाउँछन्, 'मलाई जागिरमा पहिलो दिन हाजिर हुन बोलाएको दिन २०४६ साल चैत २६ गते थियो। बहुदल आएको दिन हामीलाई अफिस आउन चिठी दिइएको थियो। त्यो दिन सरकारी कर्मचारीलाई ९ बजेदेखि लगभग १०:३० सम्म अफिस जान रोकिएको थियो। मेरो सरकारी जागिरको सुरुवात त्यही दिनबाट भएको थियो।’

सरकारी जागिर खाइरहेका दाहालले २०४८ सालमा साथीको कुरा सुनेर नबिल बैंकमा जागिर खान आवेदन दिएका थिए। उनलाई त्यो बेला स्थायी जागिर छाडेर के नबिल बैंकका काम गर्नु भन्ने पनि लागेको थियो।

‘म कमर्स नपढेको विद्यार्थी, के नबिल बैंकमा काम गर्नु भन्ने सोच आएको थियो। त्यो बेला साथीले यहाँ त कमर्स नपढेका व्यक्ति पनि पास हुन्छन्। प्रश्नहरु अंग्रेजी, गणित र जिकेबाट सोधिने गर्छ भनेर सुझाए। साथीको कुरा सुनेर मैले पनि परीक्षा दिएँ। नाम पनि निस्कियो। जो साथीले मलाई त्यो जागिरको लागि भन्नुभएको थियो उहाँले चाहिँ त्यो जागिरमा नाम निकाल्न सक्नु भएन,’ दाहाल भन्छन्।

२०४८ साल पुस ११ गते नबिल बैंकमा काम गर्न थालेका दाहालको पहिलो पोष्टिङ विराटनगर भयो। सुरुमा उनी नबिल बैंकमा असिस्टेन्टको पोष्टमा आएका थिए। त्यो बेला १२ पास गरेपछि असिस्टेन्ट पोष्टमा जागिर खान पाइने उनी बताउँछन्। अहिले भने त्यो व्यवस्था हटेको छ। अहिले बैंकको जुनियर असिस्टेन्ट पोष्टमा जागिर खानको लागि पनि ब्याचलर पास गरेको हुनुपर्ने दाहाल बताउँछन्।  

नबिल बैंकमा जागिर खानुअघि उनको तलब १२ सय ४० रुपैयाँ थियो। तर नबिलमा ४१ सय रुपैयाँ पाएको अझै याद छ उनलाई। भन्छन्, 'सरकारी जागिरमा थोरै तलब खाइरहेको मान्छे। नबिल बैंकमा गएपछि तलब पनि बढ्यो र बोनस पनि पाइन थाल्यो। त्यसपछि बैंकिङ क्षेत्रमा काम गर्न उत्साहित हुँदै गएँ।'

२० वर्षको उमेरमा नबिल बैंकमा छिरेका दाहालले २१ वर्ष त्यहीँ बिताए। नबिल बैंकमा असिस्टेन्टदेखि एजिएमको पोस्टसम्म काम गरेका उनले सो बैंकबाट सन् २०१३ मेमा राजीनामा दिएका हुन्।

'नबिलमा राजीनामा दिएपछि म सानिमा बैंकमा डेपुटी सिइओ भएर आएँ। त्यहाँ आएको ६ महिनापछि तत्कालीन सिइओ कुमार लम्सालले छाड्नुभयो । उहाँले छाडेपछि म सानिमा बैंकको सिइओ भएँ।'

दुई कार्यकाल सिइओ

आफ्नो जागिरे जीवनमा दुई वटा बैंकमा काम गरे दाहालले। नबिल बैंकमा असिस्टेन्ट लेभलमा प्रवेश गरेका उनी सानिमा बैंकमा दुई कार्यकाल (८ वर्ष) सिइओ भएर काम गरे।

यति मात्र होइन, सानिमा बैंकमा कार्यरत रहँदा दाहाल वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्ष पनि भए। नबिल बैंकबाट बैंकिङ करिअर सुरू गरेका उनले ३० वर्ष यही क्षेत्रमा बिताए।

करिअर चाँडै सुरू गर्नुपर्छ र अवकाश पनि चाँडै लिनुपर्छ भन्ने मान्यता राख्ने दाहालले हालै किताब पनि लेखेका छन्। 'रिटायरमेन्ट एट फिफ्टी'  उनले लेखेको किताब हो।

‘अहिलेसम्मको योजनामा मलाई फेरि सिइओ भएर बैंकमा जान मन छैन। सानिमा बैंकमा आठ वर्षसम्म सिइओ भएर काम गरें। त्यस बाहेक पनि बैंकिङ क्षेत्रमा नै लामो समय काम गरेको हुँदा आफूले जाने-बुझेको क्षेत्र यही हो। त्यसैले यही क्षेत्रमा अध्ययन, अध्यापन, अनुसन्धान लगायतमा क्रियाशील हुने योजना छ,’ उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्