• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ

64x64
रासस बुधबार, असोज १२, २०७९  १९:३९
1140x725

काठमाडौं– काठमाडौं उपत्यकाबाट दशैंका लागि आ–आफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन्। 

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ।

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए। कार्यालयले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ। 

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँ–ठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए। 

आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारबाही गरिएको छ। कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए। उनले भने, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामासमेत चलाएको पाइएको छ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष  स्थापना गरेको छ। आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए। लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन्। 

उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ। उपत्यकामा धेरै एकैपटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र मादक चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो।  

काठमाडौं उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ। उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उनले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दैनिक एउटा–एउटा गरी नाकामा लागुपदार्थ सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताए। आज तीन जना चालक फेला परेर कारबाही अघि बढाइएको छ। तीव्र गतिमा सवारी साधन चलाएको जाँच भइरहेको छ। क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारी साधनलाई कारबाहीका लागि ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। 

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी साधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। न्यूरोड क्षेत्रका लागि त्यहाँ जाने सवारीसाधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। 

कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारीसाधलाई पनि मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको जाँच गरिरहेको छ। चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट गरिएको छ भने त्यहाँ आउने सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइने उनले बताए। 

उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी साधनलाईसमेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ। उपत्यकामा पनि विगतका वर्षहरुमा दशैंमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो। 

चाडपर्वका समयमा एकैपटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ। कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यका बाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ।

चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ। सडकमा सवारी साधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दशैं, तिहारलगायत चाडका समयमा ड्युटी गर्दै आएका छन्। उनले भने, ‘थोरै सङ्ख्यामा घर गए पनि धेरै दशैंभर पनि खटिने गरिएको छ।’

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो नि... बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता... बुधबार, भदौ १७, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म अभूतपूर्व बाढीपछि उद्धार र खोजी कार्यसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन, बेपत्ता नागरिकको पहिचान, खाली घर तथा संरच... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्