• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

आफ्नै वर्कशप, वाशिङ सेन्टर र फ्यूल स्टेशन नहुँदा रेलको घाटा बढ्यो 

64x64
सुरेन्द्र बजगाईं शुक्रबार, असोज २१, २०७९  ०८:०६
1140x725

काठमाडौं– प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले रेल पूर्वाधार आयोजना अन्तर्गत जनकपुर–जयनगर र जनकपुर–कुर्था–बर्दिवास–निजगढ खण्डको स्थलगत अवलोकन भ्रमण गरेको छ। 

उक्त समितिले रेल सञ्चालनमा आएको ६ महिना नपुग्दै विभाग करोडौं घाटामा रहेको तथ्यांक सार्वजनिक गर्‍यो। २०७९ भदौ ५, ६ र ७ गते उक्त स्थानहरुको अवलोकन भ्रमण गरिएको थियो। 

सरकारले २०६८ साल असार १ गतेदेखि मेची–महाकाली (पूर्व–पश्चिम) विद्युतिय रेलमार्ग सञ्चालनमा ल्याउनका लागि रेल विभागको स्थापना गरेको थियो। स्थापनाको एक दशक बितिसकेपछि मात्रै विभागले आफ्नो जिम्मेवारी पूरा गर्‍यो। 

तर, समितिले रेल सेवा सुरु भएको ६ महिना नपुग्दै विभाग करोडौं घाटा भएको तथ्यांक सार्वजनिक गर्‍यो। संघीय तथा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले रेल पूर्वाधार आयोजनाअन्तर्गत गरेको अनुगमन प्रतिवेदनले उक्त घाटा देखाएको हो। 

अनुगमनका क्रममा समितिले रेल सेवा सञ्चालनमा पूर्वाधारको कमीका साथै अनावश्यक खर्च बढी हुँदा वार्षिक करोडौं घाटा भइरहेको निष्कर्ष निकाल्यो। 

सरकारले गत चैत्र २० गतेदेखि नै कुर्था–जयनगरसम्मको रेल सेवा सञ्चालमा ल्याउने भनेर रेल भित्र्याएको थियो। तर, उक्त रेल सञ्चालनका लागि आवश्यक प्रविधि, वाशिङ सेन्टर, वर्कशप र फ्यूल खर्च अत्याधिक भएको समितिको प्रतिवेदनमा उल्लेख छ। भारतबाट महँगो दरमा फ्यूल र रेलसम्बन्धी अन्य सेवा लिनुपर्दा विभागको खर्चसँगै घाटा चुलिएको हो।

हालसम्म रेल वाशिङ सेन्टर निर्माण नहुँदा उक्त रेल वाशिङका लागि मात्रै सरकारले ५ करोडभन्दा बढी खर्च गरिसकेको समितिका पूर्व सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

‘वाशिङका लागि मात्रै ५ करोड बढी खर्च भएको छ। वर्कशप र फ्यूल स्टेशनका लागि वार्षिक ७÷८ करोड खर्च हुने भएको देखियो, रेल सेवालाई निरन्तर सञ्चालनमा ल्याउने हो भने वाशिङ सेन्टर, वर्कशप र फ्यूल स्टेशन निर्माण गरी घाटा कम गर्नतर्फ लाग्नुपर्छ’, उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चालनमा आएको रेलमार्गमा अन्तरसम्बन्धित निकायहरुबीच प्रभावकारी समन्वय नभएको, रेलमार्ग बनाउँदै बीचमा छोड्दा गुणस्तरमा ह्रास आएको, काममा खटिएका कामदारले समयमा भुक्तानी नपाएको, जग्गा अतिक्रमण भएको, मुआब्जा नपाएको, रेलका सामान चोरी भएकोलगायतका समस्या समितिले पहिल्याएको छ। 

प्रतिवेदनअनुसार उक्त रेल सञ्चालन गर्दा विभागले औसतमा दैनिक २ लाख १० हजार रुपैयाँ र औसत वार्षिक रुपमा ७ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्नेछ। तर, अत्याधिक खर्चकै कारणले रेल सेवा चलाउँदा वार्षिक ४५ करोड ४४ लाख रुपैयाँ घाटा हुने समितिको प्रतिवेदनमा उल्लेख छ। 

रेल्वेका कर्मचारीका लागि मात्रै अहिले वार्षिक भत्ता र तलब गरी ३ करोड रुपैयाँ र रेल्वे इन्धनवापत वार्षिक खर्च २ करोड १० लाख रुपैयाँ खर्च भइरहेको विभागले जनाएको छ।

यस्तै, समितिले रेल विभाग तथा मन्त्रालयलाई रेल्वे ट्रयाकबेड र पुल निर्माणको काम तत्काल अघि बढाउँदै ती क्षेत्रहरमा पर्ने जग्गाको मुआब्जा दिने कामलाई प्राथमिकताका साथ राख्न निर्देशन दिएको छ। रेल सेवालाई चुस्त–दुरुस्त राख्न आफ्नै वाशिङ सेन्टर, वर्कसप र फ्यूल स्टेशन स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न समितिले भनेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यातायात क्षेत्रमा दिगो पूर्वाधारको रुपमा रेल सेवालाई समयमै गुणस्तरयुक्त तरिकाले सम्पन्न गर्ने कार्यमा नेपाल सरकारमा सम्बद्ध सबै निकाय जिम्मेवार र प्रतिबद्ध हुनु जरुरी रहेको समितिद्वको प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ समितिको निर्देशन
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना’ अन्तर्गत बाराको निजगढदेखि जनकपुर–जयनगरसम्मको रेल्वे निर्माण तथा सञ्चालन सम्बन्धमा भएको स्थलगत अनुगमनबाट देखिएका समस्याहरुका सम्बन्धमा उक्त समितीले केहि सुझाव दिएको छ। 

समितिले राष्ट्रिय गौरवको आयोजना रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना रहेको यसको नामबाट ‘मोनोरेल’ शब्द तत्काल हटाउन निर्देशन दिएको छ। यस अन्तर्गतका कुनै पनि कार्यक्रम समावेश नगर्न नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिको बैठकबाट पनि निर्देशन भइसकेकाले यसको कार्यान्वयनका लागि पुनः ध्यानाकर्षण गराइएको छ। 

राष्ट्रिय गौरवलगायत राष्ट्रिय स्तरका पूर्वाधार निर्माणको कार्य प्रारम्भ गर्नु अगावै आयोजनाको पूर्व तयारीका कार्यहरु पूरा गर्न समितिले गम्भीर रुपमा पटक–पटक निर्देशन दिइरहेको थियो। उक्त रेल्वे ट्रयाकबेड र पुल निर्माण गरिने क्षेत्रमा परेका जग्गाहरुको तत्काल मुआब्जा दिने कार्यलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाउन  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

स्थलगत अनुगमनका क्रममा बारादेखि महोत्तरी जिल्लाका विभिन्न स्थानहरुमा ट्रयाकबेड निर्माण गर्ने काममा साझेदारी, सामुदायिक लगायत संरक्षित राष्ट्रिय वन क्षेत्रसमेत पर्ने भएकोले ट्रयाकबेड निर्माणको क्षेत्रबाट रुखहरु हटाउने कार्यमा तत्काल उच्च प्राथमिकताका साथ वन मन्त्रालयबाट सहजीकरण गरिनुपर्ने समितिले औंल्याएको छ। 

आयोजनाको निर्माण कार्यमा खटिएका वास्तविक कामदारहरुले समयमा पारिश्रमिक नपाएको विषय गम्भीर रुपमा उठ्ने गरेको छ। आयोजनाको ठेक्का प्राप्त गर्ने मुख्य निर्माण व्यवसायीलाई जिम्मेवार तुल्याउनुपर्ने समितिले सुझाव दिएको छ। 

यस्तै आयोजनासँग सम्बन्धित ट्रयाकबेड निर्माण गर्दा रेल्वेको दायाँ र बायाँ तर्फका खेतीयोग्य जग्गा र बस्ती संरक्षणका उपायहरु तत्कालै अवलम्बन गर्न सुझाव समितिले दिएको छ। 

सर्लाही जिल्लाको बागमती नगरपालिकामा निर्माण गरिएको बागमती माछा पोखरी, भरत तालबाट त्यस वरपरको बस्ती डुबान हुन सक्ने समितिले पाएको छ। 

उक्त कुरालाई ध्यान दिएर तत्काल सम्बद्ध जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरी मानव बस्ती र खेतीयोग्य जग्गा संरक्षणको कार्य अगाडि बढाउन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

यसका साथै समितिले रेल सञ्चालनका लागि आवश्यक स्थायी जनशक्ति एवं यसको सुरुक्षाको कार्यमा खटिने सुरक्षाकर्मीहरुको दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने स्पष्ट कार्ययोजना तत्काल अगाडि बढाउन पनि यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। 

‘भारतीय रेल कम्पनीसँग एक वर्षको सम्झौता गरी सञ्चालन आएको रेल सेवाको सम्झौता अवधि सकिएपछि आगामी दिनमा यो सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट कार्ययोजना तत्कालै बनाइनु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘जयनगरदेखि कुर्थासम्मको विभिन्न स्थानहरुमा अवैधानिक क्रसिङ्गका लागि निर्माण गरिएका बाटो सम्बद्ध स्थानीय तहसँग समन्वय गरी तत्कालै बन्द गरिनु पर्दछ।’

यसका साथै यस्ता स्थानहरुमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी रुपमा सुरक्षा संयन्त्रको प्रवन्ध गर्नुपर्ने सुझाव समितिको छ। 

रेल पूर्वाधारलाई व्यवस्थित, भरपर्दो र दीर्घकालीन सोचका साथ अगाडि बढाउन विद्युतीय रेल अपरिहार्य भएकाले रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरु पनि आयोजना निर्माणसँगै उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउन समितिले निर्देशन दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  ०८:०६
  • #रेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्